|

काठमाडौं : केही स्वास्थ्य स्वास्थ्य संस्थाले अनुमतिबिना नै कोरोना भाइरस (कोभिड-१९) परीक्षण गरेको गुनासो आएपछि सरकारले अनुसन्धानका लागि छानविन समिति गठन गरेको छ।

उपत्यकाका ग्राण्डी, ह्याम्स र जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले स्वीकृतिबिना कोरोना भाइरसको शंकास्पद नमुनाको अनुमति नै नलिइ पिसिआर परीक्षण गरेको भेटिएको थियो। ती अस्पतालले तोकिए भन्दा बढी शुल्क लिएको गुनासो आएपछि छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन गरेको हाे। ​

मन्त्रालयको सचिवस्तरीय निर्णयबाट मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्याथोलोजिस्ट डा. शंकर काफ्ले र स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत रवीकान्त मिश्र सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालय स्रोतले जनाएको छ।

हाल यी तीन अस्पतालले सरकारी निर्देशिका विपरीत स्वाब संकलन गरी परीक्षणका लागि सरकारी प्रयोगशालामा पठाउने र सेवाग्राहीसँग मनपरी शुल्क उठाएको गुनासो आएपछि छानबिन गर्नको लागि समिति गठन गरेको मन्त्रालयले जनाएको छ।

समितिले त्यस विषयमा अनुसन्धान गरी २ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिन भनिएको छ। स्वास्थ्य मन्त्रालयले काठमाडौं  उपत्यकाका वीर, पाटन र शिक्षण अस्पताललाई शुल्क लिएर परीक्षण गर्न अनुमति दिएको थियो। आइतबार मात्रै सानेपास्थित स्टार अस्पताल र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले आफैं स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति पाएका थिए।

सरकारले अनुमति दिएका यी अस्पतालले सरकारले तोकेको शुल्क ५ हजार ५०० मात्र लिन पाउने व्यवस्था छ। छानबिन गर्न लागिएका अस्पतालले भने ५ हजारभन्दा बढी शुल्क उठाएको गुनासो आएको बताइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.