|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको भूराजनीतिक संवेदनशीलतामा सचेत हुनुपर्ने बताएका छन्।

पूर्व परराष्ट्रमन्त्री समेत रहका उनले स्वतन्त्र परराष्ट्र नीतिमा आधारित कूटनीतिक श्रेष्ठताले मात्रै लाभ लिन सकिने जनाएका छन्। यस्तै उनले देश बाह्‍य शक्तिको क्रिडास्थल बन्‍ने खतरा उत्पन्‍न भएको भन्दै यसप्रति सचेत रहन आग्रह गरेका छन्। 

नेपाल भारतको सम्बन्ध बिग्रिएको अवस्थामा श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन् ‘हाम्रो भूराजनीतिक संवेदनशीलता प्रति हामी सचेत हुनै पर्छ। स्वतन्त्र परराष्ट्र नीतिमा आधारित कुटनीतिक श्रेष्ठताले मात्र हामीले हाम्रो भूराजनीतिक अवस्थितिको लाभ लिन सक्छौं,अन्यथा देश बाह्य शक्तिहरूको क्रिडास्थल बन्‍ने र राष्ट्रिय सार्वभौमिकता नै खतरामा पर्न सक्ने ठूलो जोखिमको चुनौती छ।'

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भारतले हटाउन चलखेल गरिरहेको अभिव्यक्ति दिएपछि सत्तारुढ नेकपामा नै विवाद रहेको छ। नेकपा स्थायी कमिटीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताले भारतले राजीनामा मागेको होइन, आफूहरुले राजीनामा मागेको भन्दै तत्काल राजीनामा दिन भनेका थिए।

त्यसपछि फुटको संघारमा पुगेको नेकपाको विवाद केही मथ्थर भएका बेला फेरि प्रधानमन्त्री ओलीले आदिकवि भानुभक्तको जन्मजयन्तीको अवसरमा राम भारतमा होइन, नेपालमा जन्मिएका हुन भनेपछि नेपाल भारत सम्बन्ध झन चिसिएको छ। यही प्रसङ्गमा प्रवक्ता श्रेष्ठको यो अभिव्यक्ति आएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.