एक करोड ३४ लाख राजश्‍व संकलन

|

काठमाडौं : लकडाउन अवधिमा राहदानी विभाग नारायणहिटीबाट ११ हजार ३ सय २१ राहदानी जारी भएको छ। ८ हजार १ सय २९ पुरुष र ३ हजार १ सय ९२ महिलाले राहदानी बनाएको पाइएको छ।

बिरामी, विदेशमा पढन जाने र अतिआवश्यक पर्नेहरूको लागि निश्चित मापदण्ड अपनाएर राहदानी बनाउने कार्यलाई राहदानी विभागले निरन्तरता दिइरहेको छ।

कोरोना भाइरसको त्रासले चैत ११ देखि सुरु भएको लकडाउनको कारण राहदानी बनाउनेको संख्यामा कमी आएको थियो। सरकारले असार १ गते देखि आंशिक रुपमा लकडाउन खोलेपछि राहदानी बनाउने सेवाग्राहीको संख्या बढदै गएको छ।

लकडाउन अगाडि दैनिक जसो ६ देखि ७ सय सेवाग्राही आउने गरेको राहदानी विभागले जनाएको छ।

लकडाउनमा अवधिमा राहदानी विभागमा आएर २ हजार ३३ जना सेवाग्राही राहदानी बनाएको केन्द्रिय राहदानी विभागका प्रवक्ता शत्रुधन पोखरेलले बताए। उनका अनुसार १ हजार ३ सय १३ पुरुष र ७ सय २० महिला छन्।

पहिलो चरणको लकडाउन खुकुलो बनाएसँगै मुलुकभरको ७७ वटै जिल्लाबाट राहदानी बनाउनेको संख्या बढदै गइरहेको छ। जिल्लाबाट परेको आवेदनमा ५ हजार ९ सय ५५ जनाको बनेको छ। जसमध्ये ३ हजार ९ सय ५१ पुरुष र २ हजार ४ महिला रहेका छन्।

वैदेशिक रोजगारीको शिलशिलामा गएका ३ हजार ३ सय ३३ नेपाली कामदारहरूले राहदानी बनाएका छन्। २ हजार ८ सय ६५ पुरुष र महिला ४ सय ६८ छन्।

लकडाउनको कारण जिल्लाको लागि बनाइएको राहदानी पुर्‍याउन नसकिएको प्रवक्ता पोखरेलले बताए। लकडाउन अगाडि कुरियमार्फत पठाउने गरेको भएपनि अहिले लामो दुरीको यातायातको साधन सञ्चालनमा नआउँदा पठाउन नसकिएको उनको भनाइ छ।

काठमाडौं प्रवेश गर्न सहज नभएकोले पनि राहदानी बनाउनेको संख्यामा कमी आएको उनले बताए। उनले भने,' काठमाडौं प्रवेश गर्नको लागि विभिन्न प्रक्रिया पुरा गर्नुपर्छ। स्थानीय सरकार र जिल्ला प्रशासनको पास देखाउनुपर्ने झन्झटले पनि काठमाडौं आउनेको संख्या कमी भएको हो।'

गत आ.व.मा १ अर्ब ५५ करोड राजश्‍व

लकडाउनमा राहदानी विभागले १ करोड ३४ लाख ४८ हजार २ सय ९० रुपैयाँ राजश्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५५ करोड ५ लाख ८० हजार ८ सय राजश्व संकलन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.