|

रुकुम (पूर्व) : सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी मावि क्‍वारेन्टाइनमा मदिरा पु¥याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सिस्ने–५ टाकुराका ३५ वर्षीय गोरखबहादुर विक र सोही ठाउँका ३९ वर्षीय दिलबहादुर खत्रीलाई प्रहरीले समातेको हो। 

ती दुईलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए।सोमबार दिउँसो जिल्ला अदालतबाट सार्वजनिक सुरक्षा तथा स्वास्थ्य नैतिकविरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गुरुङले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.