|
तस्बिर कर्णाली प्रदेशसभाकाे वेभसाइटबाट

काठमाडौं : कर्णाली प्रदेशसभाका एक जना सांसदलाई कोरोना पुष्टि भएको छ। सभामुख राजबहादुर शाहीले यसबारे पुष्टि गरे। उनले थाहाखबरसँग भने, ‘एक जना माननीयज्यूको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको छ।’

प्रदेशसभाका अन्य सदस्यहरुलाई पनि कोरोना संक्रमण हुने जोखिम भएकोले कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको उनले जानकारी दिए। ‘उहाँको परीक्षण सोमबार गरिएको हो र रिपोर्ट आज आएको छ। उहाँलाई संक्रमण देखिएपछि थप जोखिम नहोस् भनेर हामीले सबै माननीय ज्यूहरुको र कर्मचारीको पनि स्वाब लिने काम सुरु भएको छ,’ उनले भने, ‘उहाँको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ।’   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.