|

नवलपरासी : पहिरोका कारण अवरुद्ध पूर्वपश्चिम राजमार्गको बर्दघाट सुस्ता पूर्वको दाउन्ने घिउखोलास्थित विश्वकर्मा बाबाको मन्दिर नजिकैको सडक साँझ ५ बजेपछि संचालनमा आएको छ। 

पहिरो हटाउनका लागि बिहानैदेखि काम सुरु गरिए पनि दिउँसो सवा २ बजेबाट सडक एकतर्फी रुपमा संचालनमा आएको थियो। पहिरोमा रहेका रुख, ढुङ्गा, गेगर हटाएर पूर्ण रुपमा राजमार्ग सुचारु गराउन प्रहरीलाई झण्डै १२ घण्टा लागेको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँडले बताए। 

पहिरोमा परी पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १४ च ७०२० को कार र पूर्वबाट पश्चिमतर्फ आइरहेको ना६ख १५५९ नम्बरको ट्रकमा क्षति पुगेको थियो। पहिरोले राजमार्ग अवरुद्ध भएपछि पूर्व र पश्चिमतर्फ लामबद्ध भएका सवारीसाधनहरू दिउँसो २ बजेदेखि आलोपालो गरी गन्तव्य तर्फ लाग्न सुरु गरे पनि ५ बजेपछि मात्र दुईतर्फी सडक खुलेको हो। 

बर्दघाट सुस्ता पश्चिमको बर्दघाटदेखि बर्दघाट सुस्ता पूर्वको दुम्कीबाससम्म दाउन्ने क्षेत्रका दर्जनौं ठाउँमा साना ठूला पहिराे गएका छन् 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.