|

बस्टन । अमेरिकाको टेक्ससमा दुई नेपालीभाषी युवकको डुबेर मृत्यु भएको छ। 

मृत्यु हुनेमा हिकारू गौतम र त्रिशरण खत्री हुन्। दुवै १९ वर्षका हुन्। उनीहरूको शव सोमबार फेला परेको हो। 

खत्री र गौतम, टेक्ससको फोर्ट वर्थका बासिन्दा हुन्। उनीहरू बिहीबार साँझ माछा मार्न गएपछि सम्पर्कमा आएका थिएनन्। शुक्रबारदेखि खोजी थालिएको थियो।

टेक्सस गेम वार्डन्सका अधिकारीका अनुसार उनीहरू पोसम किङ्गडम तालभन्दा तल ब्राजस नदीमा माछा मार्दै थिए र त्यहीँ दुर्घटना भएको थियो। करिब ११ वटा स्थानीय संस्था तथा त्यसका प्राविधिक उनीहरूको खोजीमा जुटेको स्थानीय डब्ल्युएफएए डट कमलाई प्रहरीले बताएका छन्। पानीमा भएको उक्त दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.