|

काठमाडौं : दुई दिन स्थगित भएको नेपालीको स्वदेश फिर्ती आजदेखि पुनः सुरु भएको छ। 

झण्डै एक महिना लगातार भएका उद्धार उडानबारे समीक्षा गर्न भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई दिन उद्धार कार्य स्थगित गरेको थियो।  आजदेखि साउन ६ गतेसम्म एक हप्ताका लागि उद्धार उडान तालिका सार्वजनिक भएको छ। यो हप्तामा विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि विभिन्न देशबाट ४० बढी उडान हुने मन्त्रालयले जनाएको छ। 

आज विभिन्न ५ उडान मार्फत ६ सय ६८ जना स्वदेश फर्कने त्रिभुन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ। आज मलेसियन एयरलाइन्समार्फत १९ जना, सिल्क एयरको जहाजमार्फत सिंगापुर र अष्ट्रेलियाबाट १ सय ५१ जना, युएईको दुर्बबाट फ्लाई दुबईमार्फत १ सय ८९, सारजहाबाट १ सय ६८ तथा कतार बाट कतार एयरवेजमार्फत १ सय ६० जना स्वदेश फर्कने निश्चित भएको छ। 

आज यूएईको आबुधाबीमा नेपाली लिन हिमालय एयरलाइन्सका दुई जहाज जाँदैछन् । हिमालयको अर्को जहाज पनि आजै चीनको कुनमिङ्ग जाँदैछ। अबको एक हप्ताको अवधिमा विदेशमा समस्यामा परेका नेपाली ल्याउनका लागि हिमालय एयरलाइन्स र   नेपाल एयरलाइन्सले समान १६ उडान भर्नेछन्। 

त्यस्तै विदेशी वायुसेवा कम्पनी अन्तर्गत एअर अरेबिया र फ्लाई दुबईले २ तथा मलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन्।  यसैगरी जजिरा एयरले पनि नेपालीको स्वदेश फिर्तीका लागि २ वटा उडान अनुमति पाएको छ। साउन ६ पछि भने अहिलेकै प्रक्रिया अनुसार उडान गर्ने या नयाँ तरिकाले अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.