काठमाडौं : हास्य कलाकारको रुपमा छवि बनाएका कलाकार सागर लम्साल 'बले'को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। 'धोका भो' बोलको गीतमा सागर बिल्कुलै फरक अवतारमा देखिएका छन्। सार्वजनिक गीतमा सन्तोष सुनारले शब्द, संगीत तथा स्वर रहेको छ।
मनोज बस्नेतको निर्देशनमा बनेको भिडियोलाई रामकुमार केसीले खिचेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन्।
भिडियोका लेखक तथा सहायक निर्देशक राजिव समर हुन्। भिडियोमा सागर दलित युवाको भूमिकामा प्रस्तुत भएका छन्। दलित भएकै कारण आफ्नो प्रेममा परेको बाधालाई भिडियोमा देखाइएको छ। भिडियोमा सागरको जोडीका रुपमा रोशनी कार्की देखिएकी छिन्।
भिडियो
तपाईंको ईमेल गोप्य राखिनेछ ।