|
फाइल फोटो

काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथामकै लागि यस वर्षको एसइई परीक्षाको आन्तरिक मूल्यांकनसमेत गर्ने अधिकार विद्यालयलाई दियो। तर, काठमाडौंका केही विद्यालयले ती अधिकार दुरुपयोग गरेको पाइएको छ। काठमाडौं शिक्षा विकास तथा समन्वय एकाई प्रमुख नन्दलाल पौडेलका अनुसार उपत्यकाका केही विद्यालयले विद्यार्थीको प्राक्टिकल नम्बर २५ को २५ नै दिएर काठमाडौं शिक्षा विकास तथा समन्वय एकाइमा पठाएका छन्।

कक्षा १० को गणितबाहेक  सबैमा २५ नम्बरको प्राक्टिकल छ। उनले आन्तरिक मूल्यांकन गरी विद्यार्थीलाई राम्रै अंक दिएको बताउँदै प्राक्टिलमा २५ नम्बर दिएर विद्यालयले पठाएको बताए।

‘सबै पूर्णांक राम्रै आएको छ,’उनले भने,‘हाम्रोमा कुनै पनि टिपेक्स लगाएको विवरण आएको छैन। तर, प्राक्टिकलमा बढी अंक पठाएका छन्। २५ नम्बरको प्राक्टिकलमा विद्यालयले विद्यार्थीलाई २५ नै नम्बर चढाएर पठाएका रहेछन्।’ उनले प्राक्टिकल नम्बर आन्तरिकबाटै हुने हुँदा परम्परागतदेखि नै धेरैजना विद्यार्थीको नम्बर धेरै हाल्ने चलन भएकोले यो खासै फरक मान्न नसकिने  तर्क राखे। 

कार्यविधि कुल्चियो

राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षाको नतिजा प्रकाशन गर्न ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गर्‍यो। कार्याविधिमा विद्यार्थीको परीक्षाको अन्तिम मूल्यांकन गर्न सम्बन्धित विद्यालयको प्रधानाध्यापक अध्यक्ष रहनेगरी तीन सदस्यीय समिति गठन गर्ने व्यवस्था छ।

सैद्धान्तिक मूल्यांकनको लागि माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार विद्यालयहरुले लिएका परीक्षाहरुमध्ये अधिकतम पाठ्यक्रम समावेश हुनेगरी पछिल्लो पटक लिइएको परीक्षाको अंकलाई विषयगत पूर्णांक अन्तरगत परिवर्तन गरी विषयगत अन्तिम मूल्यांकनको प्राप्तांक दिने व्यवस्था उल्लेख छ।

प्रयोगात्मक मूल्यांकनअनुसार प्रयोगात्मक प्राप्तांक चढाउँदा सम्बन्धित विद्यालयहरुले यसअगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय एकाइमा पठाएको विवरणमा केही फरक नपर्ने गरी इमान्दारीका साथ सोही अंक चढाउनुपर्ने व्यवस्था छ।

विद्यालयले राखेको अभिलेख बोर्डबाट परीक्षाफल प्रकाशन नभएसम्म मूल्यांकन विवरण गोप्य राख्नुपर्ने उल्लेख छ। तर, यी कार्यविधिलाई कुल्चेर विद्यालयले विद्यार्थीलाई नम्बर दिने गरेको छ।

बिहीबार प्रतिवेदन बुझाइने

उनले सबै तयारी पूरा भइसकेको जानकारी दिँदै बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा प्रतिवेदन पेस गर्ने बताए। ‘आजसम्ममा सबै काम सकिन्छ,’उनले भने,‘बिहीबार बोर्डमा सबै प्रतिवेदन विवरण पेस गछौँ। बाँकी सबै काम अब बोर्डले नै गर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.