|

काठमाडौं : लकडाउनमा रोकिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाबारे निर्णय शुक्रबार आउने भएको छ। त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोसीले परीक्षाको बारेमा अहिले छलफल भइरहेको बताउँदै आगामी शुक्रबार निर्णय आउने जानकारी दिए।

‘परीक्षासम्बन्धी गठित समितिसँग आज पनि छलफल गर्दै छौँ,’उनले भने,‘हिजो पनि छलफल भयो। परीक्षा कहिले गराउने वा नगराउने विषयमा शुक्रबार निर्णय आउँछ।’ उनका अनुसार समितिले परीक्षाबारेको प्रतिवेदन बुझाएको छ। सो प्रतिवेदनलाई दुई चरणमा छलफल गरिने छ। ‘प्रतिवेदनमा तीन चार वटा मोडलअनुसार परीक्षा गराउने भनिएको छ,’उनले भने,‘कुन मोडल ठिक हुन्छ निर्णय गर्न बाँकी छ।’

उनले छलफलमा अनुपस्थित भएको बताउँदै ती  मोडलबारे भने केही जानकारी नभएको उनले बताए। त्रिविका अनुसार लकडाउनका कारण स्नातक तहको दोस्रो, तेस्रो र चौथो वर्ष,स्नातकोत्तर  तहको प्रथम वर्षको परीक्षा रोकिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.