|
फाइल फाेटाे

काठमाडौं : केही दिनअघि मात्रै दाङबाट फेरि नेपाल प्रवेश गरेको सलह किरा अहिले रोल्पा  र रुकुमतर्फ जान थालेको छ। अहिले मौसममा आएको परिवर्तनअनुसार सलह किरा पश्चिम र उत्तरतिर जान थालेको  हो। त्यस्तै नवलपरासीको बेणी त्रिवेणी क्षेत्रमा पनि सलह देखिएको बताइएको छ। 
 

मौसममा परिवर्तन भएको र पूर्वी तथा दक्षिण पूर्वी वायुको प्रभाव बढेकाले ती सलहहरु पश्चिमतर्फ गएको मौसम पूर्वानुमान केन्द्रले जनाएको छ। 

गत असार १३ देखि १६ सम्ममा प्रवेश गरेका सलहहरूमध्ये छरिएर गएका सलह सानो संख्यामा अझै पनि बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट लगायतका जिल्लामा रहेको पछिल्लो जानकारी प्राप्त भएको केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले बताए। 

भारतको उत्तर प्रदेशको सीमावर्ती क्षेत्रमा रहेको सलह वायुको प्रवाहसँगै मध्य तथा पश्चिम तराईका क्षेत्र हुँदै पश्चिम तर्फ लाग्‍ने पूर्वानुमान गरिएको छ। सो क्रममा मध्य तथा पश्चिम तराईका विभिन्न क्षेत्रमा प्रवेश गर्न सक्ने सम्भावना रहेकाले विशेष गरी मध्य तथा पश्चिम तराई क्षेत्रमा सजग हुन केन्द्रले आग्रह गरेको छ । केन्द्रले किसानहरुलाई सजग हुन पनि भनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.