|
फाइल फोटो

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच आज पनि करिब ३ घण्टा भेटवार्ता भएको छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसंगको छलफलका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहान साढे ११ बजे बालुवाटार पुगेका थिए।

त्यसपछि सुरु भएको अध्यक्षद्धयको एक्लाएक्लै भेटबार्ता अहिले दिउँसो करिब साढे २ बजे सकिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए। आजको छलफल निर्णायक हुने भनिए पनि के सहमति भयो वा भएन भन्ने सार्वजनिक भइसकेको छैन।

दुई अध्यक्षहरूबीच हिजो पनि एक सातापछि करिब एक घण्टा कुराकानी भएको थियो। पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्धयको जिम्मा दिएर स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ। बैठकअघि सहमति जुटाउने प्रयत्न भइरहेको नेताहरुले जनाउँदै आएका छन्।

पछिल्लो पटक दुवै अध्यक्षले विवाद समाधानउन्मुख रहेको सार्वजनिक अभिव्‍यक्ति दिएपछि केही समयका लागि मिल्ने अनुमान गरिएको छ। असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा स्थायी कमिटी बोलेका सदस्यहरुले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि पार्टीको विवाद उत्कर्षमा पुगेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.