|

काठमाडौं : विभिन्‍न माग राख्दै औषधि व्यवसायीहरुले आज पनि आन्दोलन गरेका छन्। नेपालमा उत्पादन हुने औषधिहरूको प्रकृतिसँग मिल्ने औषधि विदेशबाट आयातमा रोक लगाउनुपर्ने, स्थानीय औषधि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने माग राख्दै व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन्। 

आफूहरुसँग सरकारले पटक पटक सम्झौता गरेपछि कार्यान्वयन नभएको व्यवसायीहरुको गुनासो छ । औषधिजन्य वस्तुको दर्ता र गुणस्तरमा सम्झौता गर्न नहुने, गुणस्तरहीन औषधि आयात र विक्रि वितरणमा प्रतिवन्ध लगाउनुपर्ने माग राख्दै व्यवसायीहरुले आन्दोलन सुरु गरेका हुन्। 

नाकाबन्दी र भूकम्पको समयमा समेत औषधि अभाव हुन नदिएको स्मरण गर्दै नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठले औषधि उद्योगमाथि सरकारले कुदृष्टि परेको बताए।

असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघको आपत्ति छ। नेपालमा अहिले पनि सेनिटाइजरको गुणस्तरीय र व्यवस्थित रुपले उत्पादन भइरहेको उनले बताए।

सरकारले एकलौटी औषधिमा दशौं गुणा बढाइएको राजस्व खारेज गर्नुपर्ने, बिना दर्ता र गुणस्तर स्यानिटाइजर बिक्री गर्दा जनताको स्वास्थ्यमा असर गर्ने भन्दै त्यसलाई रोक लगाउनुपर्ने उनीहरुको माग छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.