|

काठमाडौं : ​​नेपालमा कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका ३६ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनी दाईको दाहसंस्कार गर्न केही समयअघि भारतको मुम्बई गएका थिए। उनको दाई पनि कोरोनाकै कारण मृत्यु भएको थियो।

भारतबाट फर्किएपछि स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टिनमा बसेका थिए। क्वारेन्टिनमा रहेकै अवस्थामा स्वस्थ्यमा समस्या आएको थियो। असार २९ गते स्वास प्रस्वासमा समस्या आएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिुएको थियो। सोही दिन नमुना संकलन गरी हेटौडा प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको थियो। आइसियुमा उपचारकै क्रममा रहेका उनको बुधबार दिउँसो निधन भएको हो। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ।

११६ संक्रमित थपिए

बधुबार नेपालमा थप १ सय १६ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ। जसमा ११ हजार २५ जना संक्रमित निको भएर घर फर्किएका छन्। बुधबार मात्रै ६ सय ९७ जना डिस्चार्ज भएको उनले बताए।

अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा १ हजार १ सय १३ जना उपचाररत रहेका छन्। प्रवक्ता डा. देवकोटाका अनुसार प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा १ हजार ८ सय ९९, बागमती प्रदेशमा ४ सय ६६ र गण्डकी प्रदेशमा ३ सय ६९ जना उपचाररत रहेका छन्।

यस्तै प्रदेश नम्बर ५ मा ६ सय ५१, कर्णाली प्रदेशमा ३ सय २०, र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ६८ जना रहेका छन्। बुधबार विभिन्न २६ वटा प्रयोगशालामा ५ हजार ९० वटा पीसीआर परीक्षण भएका छ। आजसम्म २ लाख ९८ हजार ८ सय २९ जनाको पीसीआर परीक्षण भएको छ। देशभरी २४ हजार ५सय २७ जना क्वारेन्टिनमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.