|

अस्ट्रेलियाको प्रतिष्ठित घरेलु टी–२० प्रतियोगिता आगामी डिसेम्बर पहिलो साताबाट सुरु हुने भएको छ। यो सिजनको बिगबास लिग तालिका सार्वजनिक गर्दै क्रिकेट अष्ट्रेलियाले प्रतियोगिता ३ डिसेम्बरदेखि शुरु हुने जनाएको छ।

सार्वजनिक तालिकाअनुसार बिबिएलको १० औं संस्करणको उद्घाटन खेलमा  एडिलेड स्ट्राइकर्स र मेलबर्न रेनेगेड्स भिड्ने छन्। यद्धपि कोरोना भाइरस महामारीका कारण तालिका प्रभावित हुन सक्ने आशंका भने गरिएको छ। प्रतियोगिताको फाइनल ६ फेब्रुअरीमा हुनेछ। प्रतियोगितामा कुल ६१ खेलहरू खेलाइने कार्यतालिका रहेको छ।

१७ अक्टोबरदेखि २९ नोभेम्बरसम्म वुमेन्स बबिास गर्ने घोषणा पनि गरिएको छ। बिग बासका प्रमुख एलिस्टेयर डोब्सनले सार्वजनिक स्वास्थ्य सुझाव र कडा स्वास्थ्य प्रोटोकोलपछि मात्रै लिगहरू हुने स्पष्ट पारेका छन्। उनले भने, ‘कोरोना भाइरसको संक्रमण जारी रहेको समयमा तालिका तयार पार्दा चुनौतीहरु पक्कै पनि छन्।

चुनौतीबिचपनि क्रिकेट समर्थकका लागि यो खुसी दिनु हाम्रो लागिपनि खुसीको कुरा हो।’तर उनले बाहिरि कारणले प्रतियोगिता स्थगन हुने खतरा कायम रहेको छ। ‘परिस्थीत विषम छ। त्यसैले बाहिरि कारणले प्रतियोगिता स्थगनको खतरा नकार्न सकिन्न।’

महामारीका कारण अष्ट्रेलिया ए को टुरहरु र अष्ट्रेलिया एघारका खेलहरु हालका लागि स्थगित भएपनि अष्ट्रेलियाको घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय श्रंखलाहरु भने पुर्व निर्धारित योजना अनुसार नै अगाडी बढ्ने विश्वास लिएको छ। अष्ट्रेलियालाई सबैभन्दा ठूलो आर्थिक फाइदा भने भारतबिरुद्धको चार म्याचको टेस्ट श्रंखलाले हुन गइरहेको छ।

अष्ट्रेलियामै अक्टोबर र नोभेम्बरका लागि तय भएको ट्वान्टी ट्वान्टी बिश्वकप समेत स्थगित हुने खतरा रहेको छ। टी–२० स्थगन भएमा आईपीएल गर्ने तयारी बिसीसीआईले गरेको छ। धेरैले अष्ट्रेलियामा आयोजना हुने टी–२०बिश्वकप स्थगित हुने आँकलन गरेका छन् भने अन्तराष्ट्रिय संचारमाध्यामहरुले पनि प्रतियोगिता स्थगित हुने  निश्चित रहेको दाबि गर्दे आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.