स्वास्थ्य

सरकारले थप ६ ठाउँमा कोरोना परीक्षणको अनुमति दियो

मुलुकभर ३३ वटा आइसोलेसन केन्द्र

असार ३१, २०७७

    काठमाडौं : सरकारले मुलुकभरका विभिन्‍न ६ ठाउँमा कोरोना परीक्षणको अनुमति दिएको छ। ललितपुरको सानेपास्थित स्टार अस्पताल, काठमाडौं मेडिकल कलेज दुवाकोट, सेन्ट्रल डायिगोनोसिस ल्याब्रोटरी कमल पोखरी, सुरिया हेल्थ केयर लाजिम्पाट, नेशनल प्याथ्ल्याब बुटवल र बागेश्वरी डायिगोनोसिस कोहलपुरले परीक्षणको अनुमति पाएका हुन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार ती संस्थाले कोरोना परीक्षण गर्न पाउने स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बताए। उनले भने,'कोरोना उपचार गर्नको लागि हालसम्म नेपालमा ३३ वटा आइसोलेसन केन्द्र बनेका छन्।'

    त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार १ सय ७७ पुगेको छ।  बुधबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ६ सय ९७  छ। हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या ११ हजार  २५ जना छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]