|

काठमाडौं नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार १ सय १४ रहेको छ। कुल कोरोना संक्रमित १७ हजार १ सय ७७ रहेका छन्।

जसमध्ये ११ हजार २५ संक्रमित निको भएर घर फर्किइसकेका छन्। कुल संक्रमितको ६४. २ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए। उनका अनुसार २४ घण्टामा ६ सय ९७ संक्रमित निको भएर घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा देशभर ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार १ सय ७७ पुगेको छ।

त्यस्तै, बुधबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ६ सय ९७ जना रहेका छन्। हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या ११ हजार  २५ जना छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.