|

काठमाडौं : यातायात मजदुरहरुको गाँस खोसिन लागेको भन्दै मजदुर संगठनका नेताहरुले गुनासो गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेका छन्।

मजदुरका नेताले यातायात क्षेत्रका मजदुरले लकडाउन पछि भोग्नुपरेको समस्याबारे जानकारी गराएपछि प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका देउवाले प्रधानमन्त्री ओलीलाई मजदुरका नेताकै अगाडि फोन गरेका हुन्।  

‘प्रधानमन्त्रीज्यू के छ आरामै हुनुहुन्छ? मजदुरका कुरा सुन्‍नु पर्छकी पर्दैन?,’ देउवालाई उदृत गर्दै उनको सचिवालयले भन्यो, ‘कोरोनापछिको लकडाउनले यातायात मजदुरको चुल्हो बल्न छोड्ने बेला भयो उनीहरुको कुरा केही सुनिदिनु पर्‍यो।’  

देउवाले मजदुरका नेताहरुका लागि प्रधानमन्त्री ओलीसँग भेट्ने समय मिलाइदिएको छु भन्दै जानकारी पनि गराए। ‘भोलि प्रधानमन्त्रीलाई भेट्न जानु समस्या सिधै भन्‍नु समय दिन्छु भनेका छन्,’ प्रधानमन्त्रीसँग बोलिसकेपछि देउवाले मजदुरका नेताहरुलाई भने। मजदुरका नेताहरुले आजै यातायात व्यवस्था विभागका पदाधिकारीहरूसँग पनि छलफल गरेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.