समाज

भोलिदेखि उपत्यकाका यी रुटमा पाइनेछ साझा बस चढ्न

असार ३१, २०७७

    काठमाडौं : साउन १ गतेदेखि साझा यातायातले काठमाडौं उपत्यकाको ८ रुटमा बस सञ्चालन गर्ने भएको छ। सरकारले लकडाउन खुकुलो गरेसँगै निश्चित मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न पाउने सरकारको निर्णयपछि साझाले भोलिदेखि उपत्यकाको विभिन्न रुटमा २६ वटा बस सञ्चालन गर्ने भएको हो।

    पहिलो चरणमा २६ वटा बस सञ्चालन गर्ने र यात्रुको चाप बढ्दै गए अरू बस पनि थपिने साझा यातायातले जनाएको छ। बसमा सवार गर्ने यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने छ।

    साझा बस चल्ने रुट

    लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क

    लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बूढानीलकण्ठ

    गोदावरी, लगनखेल हुँदै रत्नपार्क

    लामाटार, लगनखेल हुँदै रत्नपार्क

    लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट

    लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क

    रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु

    रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]