प्रधानमन्त्रीले बोल्नुअघि नै विभागलाई जानकारी थियो

|

काठमाडौं : सरकारले पर्साको ठोरीस्थित ‘अयोध्यापुरी’ मा भगवान रामसँग जोडिएका पुरातात्विक तथ्य खोजीका लागि उत्खनन गर्न विज्ञहरुसँग छलफल अगाडि बढाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा रामको जन्मस्थल नेपालमै भएको बताएपछि अयोध्यापुरीमा पुरातात्विक तथ्य खोजी गर्न लागि विज्ञसँग छलफल अगाडि बढाइने पुरातत्व विभागले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि पुरातत्व विभागले चासो बढाएको छ।

प्रधानमन्त्रीको रुचि अनुसार उत्खनन गर्नको लागि छलफल अगाडि बढाएको पुरातत्व विभागको प्रवक्ता राम बहादुर कुँवरले बताए। उनले भने,' इतिहासविद्, संस्कृतिविद् र धर्मविदसँग छलफल अगाडि बढाइएको छ।

प्रारम्भिक चरणमा उत्खननको लागि विज्ञहरुसँग छलफलको प्रक्रिया अगाडि बढाइएको उनले थाहाखबरलाई जानकारी दिए।

प्रधानमन्त्रीले अयोध्यापुरीको विषयमा बोल्नुभन्दा अगाडि पुरातत्व विभागले जानकारी पाइसकेको उनले बताए। उनले भने,'अध्ययन गर्न बाटो खुलेको छ। सबै अध्ययन गरेपछि मात्रै तथ्यसहित भन्‍न सकिने अवस्था आउँछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.