काठमाडौं : गृहमन्त्रालयले नेपाल प्रहरीको दुई एआईजी पदमा बढुवाका लागि डीआईजीहरु प्रद्युम्न कार्की र निरज शाहीको नाम सिफारिस गरेको छ।
गृहमन्त्रालयको बढुवा समितिको बुधबार बसेको बैठकले उनीहरुलाई एआईजीमा बढुवा सिफारिस गरेको हो। रिक्त रहेका दुई एआईजी पदमा सिनियर डीआईजीद्वय निरज शाही र प्रद्युम्न कार्कीको स्वतः बढुवा भएका हुन्।
उनीहरु वरिष्ठता र कार्यक्षमताका आधारमा स्वभाविक दाबेदार थिए। एआईजीमा बढुवाका लागि डीआईजी विश्वराज पोखरेल र सहकुल थापा पनि दौडमा थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।