|

बागलुङ : ढोरपाटन नगरपालिकाका इञ्जिनियर मिलन अधिकारी एक लाख घुससहित पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रंगेहात पक्राउ गरेको हो।

ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेको अख्तियार पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले बताए।

अधिकारी लामो समयदेखि पोखरामा बस्दै आएका थिए। घुस रकम लिएर सेवाग्राहीलाई अधिकारीले असार मसान्तको बहानामा पोखरा बोलाएको स्रोतले बतायो।आफूले गरेका काममा तलदेखि माथिसम्म सबैको चित्त बुझाउनुपर्ने भन्दै उनले एक लाख रुपैयाँ घुस मागेका थिए। सामान्य सुराकीका आधारमा जिरो किलोमिटर पुगेको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको रिजालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.