|

काठमाडौं : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ मा गएराति पहिरोले दुई वटा घर पुरिँदा एकै परिवारका ५ जना बेपत्ता भएका छन्। 

स्थानीय ज्ञान्जेन शेर्पाको घर पहिरोमा पुरिँदा उनकी आमा, श्रीमती, बहिनी र दुई छोरी बेपत्ता भएका वडाअध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिए। ज्ञान्जेन भने कामका सिलसिलामा काठमाडौंमा बस्दै आएकाले पहिरोबाट जोगिएका छन्। 

अविरल वर्षापछि राति २ बजे पहिरो खसेको थियो। पहिरोले पुरेको अर्को घरमा भने मान्छे नबस्ने वडाअध्यक्ष शेर्पाले जानकारी दिए। पहिरोले स्थानीय सेतीदेवी पञ्चकन्या प्राविको पर्खाल र भवनमा पनि क्षति पुगेको छ। 

घटनास्थलमा प्रहरी पुगिनसकेको र स्थानीय बासिन्दाले हराइरहेकाको खोजी गरिरहेको वडाअध्यक्ष शेर्पाले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.