|
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीरामको जन्म नेपालको वीरगञ्ज पल्तिर ठोरीमा भएको हो भनेर बोलेपछि यसले ठूलो तरंग ल्याएको छ। विज्ञानमा हरेक कुराको बराबर तर विपरीत प्रतिक्रिया हुन्छ। राजनीतिमा अलिकति फरक छ यहाँ यो भनाइले बराबर तर बहुविपरीत प्रतिक्रिया दिने निश्चित छ।

प्रधानमन्त्री अति लोकप्रिय र अति राष्ट्रवादी बन्ने होडमा बोलेका यी शब्‍द नेपाललाई प्रकारान्तरमा कमजोर बनाउँदछ। नेपाल र हिन्दू संस्कृतिलाई कमजोर बनाउनका लागि कसैले प्रधानमन्त्रीलाई परोक्ष रुपमा प्रयोग गरी रहेको जस्तो प्रतीत भइरहेको छ। 

फिक्कलको कुनै नेताले पशुपतिनाथको मन्दिर पहिला पशुपतिनगरमा थियो भन्यो भने झापा इलामका मानिस पशुपति दर्शनार्थ पक्कै पनि पशुपतिनगर जाने छैनन् त्यसैगरी ओलीले भनेको भरमा कुनै नेपाली ठोरीमा राम खोज्न पक्कै हिँड्ने छैन।

यो भनाइ प्रधानमन्त्रीबाट बोल्न लगाउने चक्रव्‍यूह कुनै दोर्णाचार्यले बनायो जसले गर्दा नेपालको विश्वशनीयता अभिमन्यु बनेर कतै रुमलिने अवस्था आएको छ। प्रधानमन्त्रीले यो उमेरमा स्वअध्ययन गरेर वा कुनै प्रकारको रिसर्च गरेर यो कुरा कसैले यस्तो हो भनेर सिकाएको भरमा यो भनिएको हो। उनलाई यो कुरा अति नजिगको मानिस वा समूहले सिकाएको हुनुपर्छ। जसले सिकाएको हो त्यो मानिस वा समूह र कसको सहयोगबाट सञ्चालित छ त्यो बुझ्न जरुरी छ।

राम, बुद्ध, कृष्ण क्राइष्ट, मोहम्‍मद महावीर आस्‍थाका केन्द्रमा रहेका महामानव हुन् यिनीहरुको जन्मको सन्दर्भमा पनि आस्था जडित यथार्थ मात्र सर्वमान्य हुन्छ। यो आस्‍था मार्न न कसैले सक्छ न मार्न हुन्छ। जतिसुकै तर्क प्रमाण वा तर्क वा कुतर्क गरिए पनि राम आयोध्यामै जन्मेका हुन् भन्ने विषय अकाट्य हुन्छ। सीता जनकपुरमै जन्मेकी हुन्छिन्, क्राइष्ट जेरुसेलममा र महम्मद मक्कामा।

अहिलेको जस्तो मानव र यस्तै चेतना भएको मानिस यो ब्रह्माण्डमा रहेसम्म सत्य वा मिथक जेसुकै होस यी कुराहरु परिवर्तन गर्न पनि सकिँदैन। कसैले चाहेर तिब्बतको कैलाश मानसरोवर नेपाल वा भारतमा सार्न सकिँदैन।

भारतले हजार प्रयास गरे पनि बुद्धको जन्मस्थल लुम्बिनीबाट टसमस हुँदैन अहिले ओली जतिसुकै शक्तिशाली भए पनि रामको जन्मस्थल अयोध्याबाट सर्न सक्दैन। तर, यो हुँदैन सर्दैन भन्ने जान्दा जान्दै पनि ओलीले यो कुरा किन बोले? त्यो पनि राम, बाल्मिकी रामायण, उल्था गरिएको नेपाली रामायण। त्यसका रचयिता भानुभक्तको २०७ औँ जन्मजयन्तीको दिन बोलिएको छ। यसमा पूर्व-तयारी छ। यहाँनेर ओलीको अतिलोकप्रियताको भोकलाई कसैले प्रयोग गरेको छ।

ओलीमा राष्ट्रवादको नशा चढेको बेलामा उनलाई कसैले प्रयोग गरेको देखिन्छ। रामको जन्म नेपालमा भएको हो भन्ने कुरा पहिलो पटक बोलेपछि ओली राष्ट्रवादको उच्च सिँढीमा पुग्छ भन्ने सिकाएर यी वाक्यहरु बोलिएका छन्।

यहाँ ओलीले जवरजस्त अनुमान दिएका छन् अयोध्याबाट सीता लिन जन्त आउने दूरी टाढा छ र त्यसैले राम नेपालको नजिकै जन्मेका हुन् भन्ने तर्क दिइएको छ जबकि त्यो आफैँमा निष्तर्क छ किनकि अयोध्या र जनकपुर अहिले पनि विवाह पञ्चमीमा डोली लिएर भारतबाट जन्ती आएकै छन्। भने त्रेता युगमा आउन नसक्ने कुनै कारण देखिँदैन। दोस्रोमा अयोध्याबाट तीन हजार किमी टाढा श्रीलंका पुगेर सीता ल्याउने रामले ५०० किमी नेपाल आएर सीता विवाह गर्न सकेनन् होला भन्ने तर्क नितान्त अर्थहीन छ।

यसबाहेक राम अयोध्या जन्मेको कुरा काल्पनिक हो भने सीता जनपुरमा जन्मेको प्रमाण हामीले कसरी दिन सक्छौँ किनकि भारतमा जनकपुरी भन्ने ठाउँको अभाव भएर उनीहरु जनकपुर आएका होइनन्। वास्तविकता भएर आएका हुन्।  

अहिले सबैले माइक्रो रुपमा बुझ्नुपर्ने कुरा के छ भने प्रधानमन्त्रीले यो लगभग तर्क र तथ्यहीन विषय केवल राष्ट्रवादी बन्नका लागि प्रयोग गरेका हुन् वा उनलाई कोही विदेशीले प्रयोग गरेको हो खोज्न जरुरी छ।

यदि ओलीलाई यो बोल्न अरू कसैलै नियोजित रुपमा प्रयोग गरेको भने त्यहाँनेर २ पक्षको बारेमा अध्ययन गर्न जरुरी छ। त्यसमध्ये पहिलो तर्क के छ भने ओलीलाई त्यो बोल्न उक्साउने पश्चिमा शक्ति हुन सक्छ जसले हिन्दु धर्मको कुनै अस्तित्व छैन। यसमा भगवानको जन्म स्थानकै ठेगान छैन भन्ने प्रचार गरेर आफ्नो स्वार्थ अनुकूलको धर्म प्रचार गर्ने र अन्य धर्म संस्किृतिलाई विस्तारै मास्ने रणनीति हुन सक्छ।

विश्वका प्रमुख २ हिन्दू आवाद राष्ट्रबीच विवाद सिर्जना गराएर धर्मलाई वितृष्णित गराउनका लागि नजानिँदो पारेर ओलीको किचनमाथि प्रभाव पाएिको हुनसक्छ। यदि यो हो भने यसको असर पनि आजभोलि होइन दीर्घकालमा देखिने छ। धर्मप्रचारकहरूले यो कुरालाई सजिलैसँग भजाउन सक्नेछन्। यसरी ओलीले क्षणिक रुपमा आफ्नो सत्ता टिकाउन प्रयोग गरेको सामान्य भनाइ समग्र हिन्दू संस्कृतिलाई घाइते बनााउने हतियार नबनोस् यो भनाइ।

यसरी ओलीलाई राष्ट्रवादको उच्चाशनमा उभ्याउने ललिलपमा समग्र संस्कृतिमाथि गरिएको बज्रपात हुनसक्छ यो।

दोस्रो अझ खतनाक के हुन सक्छ यो बोल्नमा पनि भारतको कुनै समूहले ओलीलाई प्रयोग गरेको होस्। यो सत्य पनि पनि कुनै हालतमा कमजोर छैन। किनभने यो भनाइलाई पूर्णरूपमा तथ्यहीन छ भन्ने कुरा विश्वसामु प्रचार गरेर ओली तथा अन्य नेपाली प्रधामन्त्री बोलेका तथ्यगत कुरालाई पनि यही रामजन्म भूमिसँग जोडेर फितलो बनाउन सकिने दाउमा भारतसँग मिलेको समूहले नै ओलीलाई यो बोल्न उक्साएको हुन सक्छ।

आज पनि अमेरिका जापान बेलायतका कोर्समा 'लुम्बिनी लाइज इन् इण्डिया' भनेर पढाइन्छ। अहिले पछिल्लो समयमा विस्तारै विश्वलाई यो नेपालमा पर्छ भनेर विस्तारै प्रचार गरिएको बेलामा अयोध्या पनि नेपालमा पर्छ भनेपछि नेपाली जे पनि झुठो बोल्छन् भन्ने पारेर लुम्बिनीको राज विश्वभर फैलाउने दाउ खेल्नुको साथै कालापानी, लिपुलेक र लिम्पियाधुराको केशलाई पनि यसै मार्फत ढिसमिस पार्नका लागि पनि ओलीलाई यो भन्न लगाइएको हुनसक्छ।

यो संसारमा एकातिरको लोभले अर्कोतिर प्रयोग हुने खतरा जहिले पनि रहिरहन्छ। अति राष्ट्रवादको लोभमा ओलीले कतै देशलाई ठूलो क्षति त पुर्‍याइरहेका त छैनन् यो सोचनीय विषय छ। उनले आफ्नो तर्फबाट अति नै राष्ट्रवादी भए त्यस्तै काम गरे भनिरहँदा असार २९ गतेको बोलीले पूरै देश विश्वसामु फितलोपनको दुष्चक्रमा फसिसकेको छ।

फिक्कलको कुनै नेताले पशुपतिनाथको मन्दिर पहिला पशुपतिनगरमा थियो भन्यो भने झापा इलामका मानिस पशुपति दर्शनार्थ पक्कै पनि पशुपतिनगर जाने छैनन् त्यसैगरी ओलीले भनेको भरमा कुनै नेपाली ठोरीमा राम खोज्न पक्कै हिँड्ने छैन।

यसैले हामी सबै यात परम्‍परालाई मानौँ या तथ्यलाई। राजन्मभूमिको सन्दर्भ नतः तथ्य हो न इतिहास हो यो एक धर्म र धार्मिक आस्था हो। जसरी राम जनमान्यताको आधारमा उभिएका छन् त्यसरी नै अयोध्या पनि सोही जनमान्यताको आधारमा स्थापित छ र जनकपुर पनि त्यस्तै मान्यतामा आधारित छ। त्यसैले यसलाई खलबल्याउने प्रयास गरेर प्रधामन्त्रीले अलिकति गल्ती गरेको देखिन्छ।

यो उनी आफैँ नबोलेर अर्को कुनै मन्त्री तथा विश्वासपात्रलाई बोल्न लगाएको भए केही हदसम्म अहिलेको भन्दा राम्रो हुन्थ्यो कि। अन्यथा भुइँको टिप्न खोज्दा गोजीको खस्न सक्छ भनिए जस्तै राम खोज्दा बुद्ध नफुस्कून। सीताभूमि जनकपुर जनकपरीमा नपुगोस्। अहिले पनि अधिकांश भारतको बाटो भएर आउने बुद्ध पर्यटकलाई भारतीयहरुले लुम्बिनीलाई नेपाल नभनेर भारतकै एक ठाउँको रुपमा परिचित गराउँदै ब्रेनवास गरेर ल्याउने गरेका छन्। सकेसम्म सीमानालाई चारैतिबाट तारबार लगाएर नेपालको फरक पहिचान दिन सके राम्रो हुन्छ। काशीलाई कोशी पल्तिर छ भनेर राष्ट्रवादी बन्नुभन्दा काशी जस्तै कोशीलाई बनाउनु धेरै राम्रो हुन्छ।

आम जनमानसले पनि नेताका अवास्तविक हावाका फोकाहरूको दृष्टिभ्रम, शब्दभ्रममा रमाउनुभन्दा वास्तविता के हो र किन हो जानकारी राख्नु राम्रो होला किनभने १८ औ शताब्दीमा जोसेफ द मेस्टले भनेझैँ हरेक देशले त्यस्तै शासक पाउँदछ जसको ऊ हकदार छ। के हाम्रा नेता हाम्रै सोच र भ्रमको पृष्ठभूमिबाट रमाइरहेका त छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.