|

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ। प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्त भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईंले कार्यवाहक सिइओको जिम्मेवारी पाएका हुन्। असार ३१ गते बसेको सञ्‍चालक समितिको बैठकले उनलाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको हो।

प्रसाईं विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन्। यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव सम्हालिसकेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.