|

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले नयाँ भट्ट राख्‍ने सोच नभएको बताएको छ। पशुपति विकास कोषले बिहिबार एक विज्ञप्ति जारी गर्दै नयाँ भट्ट राख्ने सोच नभएको उल्लेख गरेको छ।

नेपाल सरकारले पशुपतिमा कार्यरत भट्टहरू हटाउन लागेको भन्ने विभिन्न अनलाइनमा न्यूज पोर्टलमा समाचार प्रकाशित भएपछि पशुपति विकास कोषले आपत्ति जनाएको विज्ञप्तिमा जनाएको छ।

पशुपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'नेपाल र भारतबीच सदियौंदेखि जनस्तरसम्म धार्मिक, आध्यात्मिक, सामाजिक र सांस्कृतिक रुपमा रहेको प्रगाढ सम्बन्धलाई धूमिल गर्न कतिपय शक्तिहरु सक्रिय रहिरहेको हुँदा त्यस्ता भ्रामक समाचारका पछाडि नलाग्न सम्बन्धित सबैमा विनम्र अनुरोध गर्दछु।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.