|

काठमाडौं : नुवाकोटको एक विद्यालयले विद्यार्थीको रोल नम्बर जोर बिजोरका आधारमा छुट्याएर विद्यालय सञ्‍चालन गर्ने भएको छ। म्यागङ गाउँपालिका–२ बुङताङस्थित श्री सरस्वती माध्यमिक विद्यालयले सूचना जारी गर्दै जोर गते बिजोर रोल नम्बर र बिजोर गते जोर रोल नम्बर भएका विद्यार्थीलाई विद्यालय आउन भनेको हो।

विद्यालयले यही साउन ४ गते आइतबारदेखि नियमित विद्यालय सञ्‍चालन गर्न लागेको जानकारी दिएको छ। विद्यालय व्‍यवस्थापन समिति, अविभावक र सरोकारवालाहरुको आज बसेको संयुक्त बैठकले लामो समय लकडाउन हुँदा विद्यार्थीहरु मारमा परेको भन्दै शैक्षिक सत्रलाई अगाडि बढाउने निर्णय गरेको शिक्षक धनम तामाङले जानकारी दिए।

विद्यार्थीलाई अनिवार्य मास्क लगाएर पठाउन अविभावकलाई भनिएको र विद्यालयमा स्यानिटाइजरका साथै साबुन पानीको व्‍यवस्था गरिने शिक्षक तामाङले बताए। विद्यार्थीलाई १/२ दिन कोरोना सम्बन्धि सचेतनामूलक विषयमा पढाइने भएको छ। शिक्षक तामाङका अनुसार गाउँपालिका भित्र रहेका ७ वटै मावि र अन्य २३ वटा विद्यालयले पठनपाठन सञ्‍चालन गर्ने तयारी गरेका छन्। गाउँपालिकामा रहेको देउराली माविले भोलिदेखि नै कक्षा सञ्‍चालन गर्ने भएको तामाङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.