डडेल्धुरा : जिल्लाका तीन स्थानीय तहमा फेरि सलह कीरा देखिन थालेका छन्। परशुराम नगरपालिका, अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिकामा सलह देखिएका हुन्।
परशुराम नगरपालिका ७ सादनी, अजयमेरु गाउँपालिका १ को मुद्रडा र भागेश्वर गाउँपालिका ३ को बोगटा र खालमा सलहले बालीमा असर गरेकाे छ।
ठूलो हुलमा रहेको सलह देखिएसँगै किसान चिन्तित बनेका छन्। गत वर्षसम्म जंगली वनेलले मकै, भट्मासका साथै धानबालीसमेत क्षति पु¥याउने समस्य सहनुपरेका किसान यस वर्ष सलहले खेतबारी नष्ट गर्ने भन्दै चिन्तित बनेका हुन्।
डडेल्धुरामा भित्री मधेसमा सलह कीरा यसै वर्ष दोस्रोपटक देखिएको छ। अजयमेरु १ मुद्रडामा पहिलोपटक सलह देखिएको छ। खेतीबालीका लागि निकै हानिकारक र खतरनाक मानिएको सलह कीरा जिल्लाका विभिन्न क्षेत्रमा रहेका मकै बालीमा देखिन थालेपछि कृषक कीराको रोकथाम तथा बाली बचाउने उपायका लागि स्थानीय तहलाई गुहार्न थालेका छन्।
ठूलो संख्यामा सलह देखिएको परशुरामका सादनीका स्थानीय किसान कालुसिंह साउँदले जानकारी दिए। यसअघि परशुराम नगरपालिका–४, कटालमा सो कीरा देखिएको थियो। सलह कीरा आएको खबर पाएको र ठूलो आवाज गरेर भगाउने सल्लाह दिएको परशुराम नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक कालुसिंह बोहराले बताए।
भारतबाट आएको अनुमान गरिएका ती कीराले बालीमा खासै नोक्सान नगरेको भएता पनि सलह भगाउने उपाय नगर्ने हो भने बाली जोगाउनसमेत मुस्किल पर्ने अजयमेरु १ का किसान तेजबहादुर भण्डारीले बताए । आफूहरूले शनिबार बिहानदेखि नै सबै गाउँले मिली भगाउने प्रयास गरिरहेको उनले जानकारी दिए।
परशुराममा भने सलहको झुण्डले मकै बालीमा क्षति पु¥याएको सादनीका स्थानीय किसान कालुसिंह साउँदले बताए। मुद्राडमा पनि सलहको झुण्ड मकैबालीतिर गइरहेकाले किसनलाई क्षति पुग्ने प्राविधिकको भनाइ छ।
सलह फट्याङग्रा एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने र एउटा बथानमा झण्डै चारदेखि आठ करोड हुने विज्ञहरुले बताएका छन्।फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिन्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।