|

भक्तपुर : साहित्यकार मोहनबहादुर कायस्थको हाइकु संग्रह सार्वजनिक भएको छ। कायस्थको ‘हाइकु २०२०’ नामक हाइकु संग्रह सार्वजनिक भएको हो।

सार्वजनिक भएको हाइकु संग्रहबारे साहित्यकार एवं पत्रकार धु्रव मधिकर्मीले लेखक कायस्थका हाइकुहरुमा समसामयिक विषयका विविध पक्षहरुलाई सरल ढंगले प्रस्तुत गरिएकाले सम्प्रेषणीय रहेको बताए। साथै, हाइकु थोरै शब्दमा धेरै थोक अभिव्यक्त गर्न सकिने विधा भएकाले त्यसमा बौद्धिक चिन्तनतर्फ सचेत हुनुपर्ने औंल्याए।

कार्यक्रममा स्रष्टाहरु विमल ताम्राकार, सुरेन्द्रलाल भुजू, विपिन बनेपाली, इन्दुल केसी, पशुपतिमान पमा, सुलोचना सैंजू, सुचिता सैंजू र सोना तचामोलगायतका स्रष्टाहरुले हाइकु, गजल र कविता वाचन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.