|

काठमाडौं : कोरोना भाइरसले विश्‍वभर ल्याएको संकटका कारण यो वर्षको बालोन डि'ओर प्रदान नगरिने भएको छ। कोरोना संकटका कारण विश्‍व प्रसिद्ध फ्रान्सेली पत्रिकाले  उक्त अवार्ड प्रदान नगर्ने भएको हो।

प्रसिद्ध खेल अनलाइन गोल डटकमका अनुसार यो अवार्डमा आधिपत्य जनाउँदै आएका लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोसहितका फुटबलरले सन् २०२० मा बालोन डि'ओर पाउने छैनन्। 

फ्रान्स फुटबल एसोसियसनले कोरोना संकटका कारण 'राम्रो अवस्थाको अभाव'लाई कारण देखाउँदै यो अवार्ड प्रदान नगर्ने निर्णय लिएको हो। त्यहीकारण सन् २०२० मा कुनै पनि बालोन डि'ओर विजेता हुने छैनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.