|

सिरि ए फुटबलमा युभेन्टस सहज जीत निकालेको छ ।

सोमबार राति घरेलु मैदानमा युभेन्ट्सले लाजियोलाई २–१ ले हराएको हो। युभेन्ट्सको जितमा रोनाल्डोले दुवै गोल गरे। रोनाल्डो सिरि ए, ला लिगा र प्रिमियर लिगमा ५० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन्। रोनाल्डोको पेनाल्टीमार्फत युभेन्ट्सलाई अग्रता दिलाएका थिए। पाउलो ड्याबालाको पासमा रोनाल्डोले दोस्रो गोल गरेका थिए ।

युभेन्ट्स पछिल्लो तीन खेलमा जित निकाल्न असफल देखिएको थियो। अब युभेन्ट्सलाई लिग उचाल्न बाँकी ४ खेलमा मात्र ४ अंक आवश्यक देखिएको छ।

शीर्ष स्थानको युभेन्ट्सको ८० अंक भएको छ। दोस्रो स्थानको ईन्टरसँग युभेन्ट्सले ८ अंकको अग्रता लिएको छ।  चौथो स्थानको लाजियो ६९ अंक सहित च्याम्पियन्स लिग छनोटको दौडमा यथावत छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.