|

काठमाडौं : कोरोना महामारीको कारण आगामी अक्टोबरदेखि अष्ट्रेलियामा हुने टी–२० विश्वकप स्थगित भएको छ।

सोमबार बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बैठकले विश्वकप सरेको जनाएको छ। टी–२० विश्वकप एक वर्षको लागि सरेको छ। अब टी–२० विश्वकप २०२१ अक्टोबर नोभेम्बरमा हुने आइसिसीले जनाएको छ। आइसिसी एक दिवसिय विश्वकप २०२३ अक्टोबर नोभेम्बरमा गर्ने भएको छ। यसअघि एकदिवसीय विश्वकप फ्रेब्रुअरी ९ देखि २६ मार्च सम्म भारतमा हुने तय भएको थियो।

त्यस्तै २०२१ मा भारतमा हुने भनिएको टि २० विश्वकप २०२२ मा अक्टोबर नोभेम्बरमा हुने छ। नेपाल भने यो वर्ष हुने टी–२० विश्वकपमा एसिया छनोटबाटै बाहिरिएको थियो। यसअघि २०२१ मा भारतमा हुने भनिएको टी–२० विश्वकपमा नेपालले सिधै ग्लोबल छनोट क्वालिफायरमा मौका पाएको थियो।

विश्वकप सरेसँगै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) लाई १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) गर्न बाटो खुलेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.