|
फाइल फोटो

रौतहट : बाढीले बगाएर ल्याएका दाउरा निकाल्न जाने क्रममा लाल बकैया खोलाको बाढीले बगाउँदा एकजना बेपत्‍ता भएका छन्। बेपत्ता हुनेमा कटहरिया नगरपालिका-१ भसेडवा बस्ने वीरेन्द्र यादवका २५ वर्षीय छोरा बैजु यादव छन्।

बाढीमा दाउरा टिप्न जाँदा उनलाई बाढीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डिएसपी भरत श्रेष्ठले जानकारी दिए।

हिजो मंगलबार पनि चाँदी नदीमा आएको बाढीले  बगाएर १ जनाको ज्यान गएको थियो। योसँगै बाढीले रौतहटमा ज्यान गुमाउनेको संख्या २ पुगेको डिएसपी श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.