|

काठमाडौं : राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवका लागि सिफारिस समितिले निर्वतमान सदस्यसचिव रमेश सिलवालसहित तीन जनाको नाम सिफारिस गरेको छ। 

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागु भएसँगै मन्त्रालयले नयाँ सदस्यसचिवको प्रक्रिया सुरु गरेको हो। नयाँ प्रक्रिया अनुसार सदस्यसचिव सिफारिसका लागि सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेको छनोट समिति बनाएको थियो।

उक्त समितिले खेलकुद मन्त्रालयमा तीन जनाको नाम सिफारिस गरेको हो। समितिले सदस्य सचिवमा रमेश सिलवाल, अन्जु श्रेष्ठ र लीलबहादुर थापाको नाम सिफारिस गरेको हो । एक महिलासहित तीन जना सिफारिस गर्नु पर्ने प्रावधान अनुरुप उक्त निर्णय भएको हो।

समितिले उम्मेदवारको कार्यपत्र अध्ययन गर्र्दै तीन जनाको नाम सदस्य सचिवमा सिफारिस गरेको जनाएको छ। सदस्यसचिवका लागि २७ जनाको आवेदन परेको थियो। जसमा एक जना अयोग्य रहेको भने पनि बाँकी २६ जनाबाट तीन जनाको सर्ट लिस्ट गरिएको हो। राजनीति पहुँचका आधारमा फेरि पनि सदस्यसचिवमा रमेश सिलवाल नै सदस्यसचिव बन्ने लगभग पक्का जस्तै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.