काठमाडौ : लकडाउन अन्त्य भएसँगै उपत्यकामा सार्वजनिक यातायात गुड्न थालेका छन्। मानिसहरुको चहलपहल पनि बढ्न थालेको छ। बजारमा भीड बढ्दै गएको छ। तर, अझै पनि मानिसहरु घरबाट ढुक्क साथ निस्किएका छैनन्।
सार्वजनिक यातायातका त चले तर यात्रु भने पाउन मुश्किल छ। कोरोना त्रासले गर्दा पनि सार्वजनिक यातायातमा यात्रुहरु देखिदैँनन्। रत्नपार्कमा यात्रु कुरिरहेका धुम्बाराही यातायातका बस चालक विजय लामाले पनि अहिले यात्रुहरु नपाएको गुनासो गरे। ‘बस रोकेर यात्रु कुरेको १० मिनेट भैसक्यो', खाली सिट देखाउँदै उनले भने,‘खै मान्छे नै छैनन्।'
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च भएपछि सर्वसाधारणहरु घर बाहिर निस्किन सकिरहेका छैनन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।