|

इंग्ल्याण्ड र वेस्टइण्डिजबीचको तेस्रो तथा निर्णायक टेस्ट क्रिकेट आजदेखि शुरु हुँदैछ। खेल वल्ड ट्राफोर्डमा नेपाली समयअनुसार अहिले दिउँसो पौने ४ बजे शुरु हुने छ। तेस्रो टेस्टका लागि इंग्ल्यान्डको जोय रुट र वेस्ट इन्डिजको कप्तानी ज्यासन होल्डरले सम्हाल्नेछन्।

बायो प्रोटोकल उल्लं‍घन गर्दै पहिलो टेस्टपछि आफ्नो घर गएको भन्दै इंग्ल्यान्ड टिमबाट बाहिरिएका तीव्र गतिका बलर जोफ्रा आर्चर वेस्टइन्डिजविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा फर्किएका छन्। इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड इसिबीले उनीमाथि १५ हजार पाउन्ड जरिवानासमेत तोकेको थियो। आर्चरले माफी मागेपछि उनलाई इसिबीले तेस्रो टेस्ट खेल्न अनुमति दिएको हो।

आर्चरका अलावा जेम्स एनडरसन र मार्क वुडलाई पनि १४ सदस्यिय टोलीमा संलग्न गराइएको छ। एन्डरसनलाई दोस्रो टेस्टमा आराम गर्न दिइएको थियो। उनको ठाउँमा स्टुआर्ट ब्रान्ड र क्रिस वोक्सलाई ल्याइएको थियो। कोरोना महामारीकाका कारण खेल गतिविधि ठप्प रहेका बेला सुरु भएको पहिलो टेस्ट क्रिकेट सिरिजमा दुवै टोलीले एक-एकको बराबरी गरेकाले आजको खेल जित्ने टोलीले सिरिज कब्जा गर्नेछ।

पाहुना टोलीले साउथ ह्याम्पटनमा भएको पहिलो टेस्ट ४ विकेटले जितेको थियो। इंग्ल्यान्डले म्यानचेस्टरमा १३ रनले जित निकालेको थियो। वेस्ट इन्डिज ३२ वर्षपछि इंग्ल्यान्डमा टेस्ट सिरिज जित्ने अवसर सदुपयोग गर्ने दाउमा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.