|

इटहरी : इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका एक जना थुनुवामा कोरोना पुष्टि भएको छ। राजस्व चुहावटको मुद्धामा सशस्त्र प्रहरीले गत साउन ४ मा इलाका प्रहरी कार्यालय इटहरीमा बुझाएको व्‍यक्तिलाई कोरोना पुष्टि भएको हो। सशस्त्रले इलाकालाई जिम्मा लगाउन आरोपीको पिसिआरको लागि स्वाब संकलन गरेको थियो।

विभागले थुनामा राख्न पठाएको २५ वर्षीय युवकलाई कोरोना पुष्टि भएसँगै थुनामा रहेका ८ जनाको पिसिआर चेकजाँच तयारी थालिएको छ। ४ गते कोरोना संक्रमित भनिएका व्यक्ति इलाकाको थुनुवा कक्षमा रहेका ८ जना थुनुवाहरूसँगै बसेको पनि पुष्टि भएको छ। सँगै बसेका ८ जना थुनुवाहरूको आजै पिसिआर चेक गर्ने तयारी थालिएको इलाका प्रहरी कार्यालय इटहरी प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीले बताए। संक्रमित युवालाई हाल गोठगाउँस्थित पूर्वाञ्‍चल विश्वविद्यालयमा राखेर उपचार थालिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.