|

उदयपुर : आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय गाईघाटले जिल्लाको प्रमुख ब्यापारिक केन्द्र कटारीमा शिविर सञ्चालन गरेर कर संकलन गरेको छ। कटारीका व्यवसायीहरुलाई राजस्व बुझाउन सहज होस भन्दै कटारीमा एक दिन शिविर सञ्चालन गरिएको छ। 

शिविरमा बिभिन्न व्यवसायीहरुले आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय उदयपुर गाईघाटको सेवा प्रदान गर्न शिविर राखिएको कार्यालय प्रमुख एवं कर अधिकृत सुमन बुढाथोकीले बताए। 

शिविरमा कर संकलन, खाता प्रमाणित, भ्याटमा दर्ता, कारोबार परिर्वतन, अन्तःशुल्क संकलन जस्ता कामहरु गरिएको कर अधिकृत बुढाथोकीले बताए। कटारीमा करदाताहरुले बिभिन्न व्यवसायहरु कसरी सञ्चालन गर्ने कर कहिले तिर्ने,आयकरमा भएको संसोधन, छूट तथा सुबिधा जस्ता विषयहरुमा अन्तरक्रिया समेत भएको उनले बताए। 

कटारीका व्यवसायीहरु बिभिन्न व्यवसायको कर तिर्न जिल्ला सदरमुकाम गाईघाट जानुपर्ने बाध्यता रहदै आएको थियो। घरदैलो मै सेवा पाउदा व्यवसायीहरुले खुसी व्यक्त गरेका छन्। कहिले कर तिर्ने, कुनकुन व्यवसाय गर्दा कर तिर्नु पर्छ भन्ने जस्ता विषयमा अन्योल रहेकोमा शिविरबाट प्रष्ट परेको कटारी नगरपालिका वडा नम्बर १४ घुर्मी निवासी नारायणप्रसाद धमलाले बताए । 
शिविरमा ७ सय ५५ जनाले सेवा लिए 
कटारीका व्यवसायीहरुले गाईघाट पुगेर कर तिर्न जाँदा प्रति व्यक्ति ब्यक्ति ४ हजार भन्दा वढी रकम खर्चिनु पर्ने बाध्यता थियो।  व्यावसायीबाट अन्त शुल्क नवीकरणबाट २० लाख ३० हजार, आयकर ३ सय ६३ जनाबाट  ३ लाख ६३ हजार गरेर २३ लाख ९३ हजार राजस्व संकलन भएको कर अधिकृत बुढाथोकीले जानकारी दिए। 

शिविर बाहेक गाईघाटमा गएर कर बुझाउँदा प्रति व्यक्ति ४ हजार भन्दा बढि आउदा जाँदा खर्चिनु पर्ने बाध्यता रहेको उदयपुर उद्योग वाणिज्य संघ कटारी महासचिव जमान सिंह बस्नेतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.