|

काठमाडौं : नेपाली बजारमा सुनको भाउ फेरि ५ सय रुपैयाँले बढेको छ। योसँगै आज छापावाला सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबार सुनको भाउ एकैदिन १ हजार ३ सय रुपैयाँले बढेर ९५ हजार ८ सयमा कारोबार भएको थियो। यो भाउ हालसम्मकै सबैभन्दा उच्च हो।  त्यसअघि बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। महासंघका अनुसार तेजाबी सुनको भाउ  आज पनि तोलाको ९५ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ।

तेजाबी सुन शुक्रबार ९५ हजार ३ सय ६५  र  बिहीबार ९४ हजार ६५ रुपैयाँमा किनबेच भएको थियो। चाँदीको भाउ भने स्थिर भएको छ। चाँदी गत शुक्रबार ५ रुपैयाँले बढेर १ हजार १ सय ५५ रुपैयाँ पुगेकोमा आइतबार पनि सोही मूल्य छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.