|

अर्घाखाँची : रुपन्देहीको सैनामैनामा ट्रक र पिकअप भ्यान ठोक्किँदा एकजनाको मृत्यु र पाँचजना घाइते भएका छन्।

आइतबार बिहान सैनामैना नगरपालिका–१ बनकट्टामा लु १ ख ४७९५ नम्बरको ट्रक र पूर्वतर्फ जाँदै गरेको लु २ च २०२१ नम्बरको पिकअप भ्यान ठोक्किएको हो। उक्त दुर्घटनामा प्युठानको स्वर्गद्वारी नगरपालिका–५ का ४० वर्षीय होमबहादुर घर्तीमगरको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख एसपी डम्बर बिकले जानकारी दिए। उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो।

दुर्घटनामा सोही ठाउँकै ३६ वर्षीय खेमराज परियार, २५ वर्षीय यमराज घर्तीमगर, ३५ वर्षीया चनु घर्तीमगर, पिकअपका चालक २३ वर्षीय तेजेन्द्रबहादुर बुढा र दाङको राप्ती गाउँपालिका–१ का जोठबहादुर घर्तीमगर घाइते भएका छन्। 

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको रूपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए। घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.