शनिबार पत्नीको अन्तिम संस्कारमा गएका थिए

|

रौतहट : रौतहटको राजदेवी नगरपालिकाका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ। संघीय काठमाडौं जान भनी पिसिआर परीक्षण गराउँदा उनमा संक्रमण पुष्टि भएको हो। 
शनिबार करेन्ट लागेर उनै संक्रमित वडाध्यक्षकी श्रीमतीको मृत्यु भएको थियो। 

उनको श्रीमतीको अन्तिम संस्कारमा सहभागी भएका सयौं मानिसलाई तत्काल कोरोना परीक्षण गराउनुपर्ने स्थानीयले माग गरेका छन्। करेन्ट लागेर श्रीमतीलाई जिल्ला अस्पताल गौर ल्याएका वडाध्यक्षको सम्पर्कमा आएका व्यक्तिहरुको  विवरण खोजी भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

वडाध्यक्षको प्रत्यक्ष सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र सिंहले बताए। अस्पतालबाट दाहसंस्कारसम्म जाने क्रममा वडाध्यक्षको सम्पर्कमा आएकाको कोरोना परीक्षण गरिने नगर प्रमुख सिंहले बताए।

संक्रमित वडाध्यक्ष मुटु तथा मधुमेहका बिरामी छन्। थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको नगर प्रमुख सिंहले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.