|

काठमाडौं :  यस सिजनको इङ्लिस प्रिमयर लिग फुटबल सकिएको छ।  अन्तिम चरणका खेल गएराति सम्पन्न भएको हो। 

लीगमा म्यानचेस्टर युनाईटेडले तेस्रो र चेल्सीले चौथो स्थान सुरक्षित गरेका छन् भने लेस्टर सिटी पाँचौ र टोटेनह्याम छेटौँ स्थानमा छन्।  लिगको विजेता र उपविजेताको भने यसअघि नै टुंगो लागिसकेको थियो। लिभरपुल लिगको विजेता बन्दा म्यानचेस्टर सिटी उपविजेता बनेको छ। 

गएराति भएका अन्तिम खेलहरुमा लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, चेल्सी तथा आर्सनल विजयी भए।  लिभरपुलले न्यूक्यासल युनाईटेडलाई ३–१ गोलले पराजित गरेको छ भने म्यानचेष्टर सिटीले नर्विच सिटीविरुद्ध ५–० गोलको फराकिलो जित निकालेको छ। 

यस्तै म्यानचेस्टर युनाईटेडले लेस्टर र चेल्सीले उल्भर ह्याम्प्टनलाई समान २–० गोलले पराजित गरेका छन्।  आर्सनलले वाटफोर्डलाई ३–२ गोलले पराजित गरेको छ। त्यस्तै साउथ ह्याम्प्टनले शेफिल्ड युनाईटेड र बर्नमाउथले एभर्टनलाई समान ३–१ गोलले पराजित गरेका छन्। 

त्यस्तै ब्रिघ्टनले बर्नेलीविरुद्ध २–१ गोलको जित निकालेको छ। खेलमा टोटेनह्याम हट्सपर र क्रिस्टल प्यालेस तथा वेस्ट ह्याम युनाईटेड र एस्टोन भिल्ला १–१ गोलको बराबरीमा रोकिएका छन्। 

अंक तालिकामा लिभरपुलले ९९ तथा म्यानचेस्टर सिटीले ८१ अंक बनाए। तेस्रो स्थानको म्यानचेस्टर युनाईटेड र चौथो स्थानको चेल्सीको समान ६६ अंक पुगेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.