|

कपिलवस्तु : कोरोनाका कारण कर्जा तिर्न समस्या परेका सहकारीका ऋणीहरूलाई राहत हुने भएको छ। कोरोना प्रभावित ऋणीहरूका लागि एक वर्षसम्म समावधि थप गर्न मिल्ने गरी सहकारी विभागले प्रावधान ल्याएको छ।

विभागले शुक्रबार १० बुँदे मार्गदर्शन तथा निर्देशन जारी गरेको छ। निर्देशनमा कोरोनाका कारण प्रभावित भई असार मसान्तसम्म कर्जा तिर्न नसकेका ऋणीलाई जोखिम मूल्याकन गरी भाका सार्न सकिने व्यवस्था गरेको छ।

सहकारीहरूले ऋणीको व्यवसाय सञ्चालन हुन लाग्ने समय र जोखिम मूल्याकन गरी ६ महिनासम्म भाका सार्न सक्ने विभागले जनाएको छ। भाका सार्न जोखिम मूल्यांकन समितिले निर्णय गर्नु पर्नेछ। सञ्चालकको संयोजकतामा तीन सदस्यीय जोखिम मूल्यांकन समिति गठन हुने व्यवस्था समेत रहेको छ।

सहकारीले नियामक संस्थाको पूर्व स्वीकृति लिएर एक वर्षसम्म भाका सार्न सक्ने विभागले जनाएको छ। म्याद थप गरे बापत सरकारीले सदस्यबाट जरिवाना र अतिरिक्त शुल्क समेत लिन पाउने छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.