|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा भारत तथा अन्य जिल्लाबाट आएका व्यक्तिहरूलाई अनिवार्य क्वारेन्टाइनमा राखिने भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले विभिन्न जिल्ला तथा भारतबाट आएकाहरुलाई अनिवार्य संस्थागत क्वारेन्टाइनमा राख्न निर्देशन दिएको हो।

आइतबार निर्देशनालयले प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै बाहिरबाट आएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा नपठाइ संस्थागत क्वारेन्टाइनमा राख्न भनेको छ। 

निर्देशनालयले प्रदेशका केही स्थानीय तहले बाहिरबाट आएकाहरुलाई संस्थागत क्वारेन्टाइनमा नराखी सीधै  होम क्वारेन्टाइनमा राख्ने गरेको सूचना प्राप्त भएका बताउँदै त्यसो नगर्न आग्रह गरेको छ।

होम क्वारेन्टाइनबाट समुदायमा कोरोना संक्रमण फैलिन सक्ने सम्भावना रहेको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए। त्यसैले  स्थानीय तहमा भित्रिएकाहरुलाई क्वारेन्टाइनमा राखी छैठौं दिनमा सबैको स्वाब संकलन गरेर कोरोना जाँचका लागि धनगढी वा डडेल्धुरा प्रयोगशालामा पठाउन निर्देशन दिएको उनले बताए। 

यस्तै उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आए अनिवार्य १४ दिन क्वारेन्टाइन अथवा आइसोलेसनमा बसाउने र नेगेटिभ आए थप ७ दिन होम क्वारेन्टाइनमा बसाउने व्यवस्था मिलाउनसमेत स्वास्थ्य निर्देशनालयले सबै स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.