|

काठमाडौं : आज सुनको भाउमा एक हजार २ सयले बढेको छ। त्यस्तै चाँदी पनि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १२ सयले बढेर तोलाको ९७ हजार ५ सय पुगेको छ। लगातार बढेको सुन हप्ताको पहिलो दिन हिजो ५०० ले बढेर प्रति तोला ९६ हजार ३ सयमा कारोबार भएको थियो।

त्यस्तै तेजावी सुनको मुल्य प्रति तोला ९७ हजार ६० पुगेको छ। चाँदी पनि  प्रति तोला ५५ रुपैयाँले बढेर १२१० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.