|

रुकुम : रुकुम पश्चिमको मुसिकोटस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लकडाउन अवधिभित्र २ हजार क्विन्टलभन्दा बढी चामल बिक्री गरेको छ। गएको चैत ११ देखी शुरु भएको लकडाउन अवधिभित्र कम्पनीले २ हजार ६०० क्विन्टल चामल बेचेको हो।

जिल्लामा खाद्यान्न अभाव नहुनेगरी लकडाउन अवधिभर पालिकास्तरमा रहेका सहकारीमार्फत खाद्यान्न आपूर्ति गरिएको खाद्य व्यवस्था कम्पनीका कार्यालय प्रमुख चन्द्रबहादुर खड्काले बताए।

उनका अनुसार जिल्लाको मुसिकोट नगरपालिका, बाँफिकोट, सानीभेरी र त्रिवेणी गाउँपालिकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल आपूर्ति भएको हो। जसअन्तर्गत सबैभन्दा बढी मुसिकोट नगरपालिकामा खाद्य कम्पनीको चामल खपत भएको छ। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल जिल्लाका विभिन्न पालिकाका ६ वटा सहकारीमार्फत गाउँगाउमा पुग्ने गरेको छ। सहकारीले खाद्य व्यवस्थाको चामल उपभोक्तासम्म पुर्‍याएबापत प्रतिकेजी ५० रुपैयाँभन्दा कम मूल्यका चामलमा ७ प्रतिशत र त्यो भन्दा बढी मूल्य भएमा ६ प्रतिशत सेवा शुल्क लिने गरेका छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लामा जिरा मसिनो, सोना मंसुली तथा मोटा चामल उपलब्ध गराउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.