संक्रमित प्रहरीको संख्या २१ पुग्यो

|

स्याङजा : स्याङजामा उच्च तहका प्रहरीसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जा सिल गरिएको छ। गत मंगलबार ३ प्रहरीमा काेराेना पोजेटिभ भेटिएपछि यहाँका सबै प्रहरीको स्वाब परीक्षण गरिएको थियो। 

स्वाब परीक्षणमा पठाइएका ४४ जनाको स्वाबमध्ये १८ जनामा संक्रमण पाइएपछि जिल्ला प्रहरी कार्यालयभित्र मात्र संक्रमितको संख्या २१ पुगेको छ। अन्यको नतिजा आउन बाँकी छ । एक हप्तादेखि सिल रहेको प्रहरी कार्यालयमा प्रहरीलाई कार्यालय परिसरबाट बाहिर जान रोक लगाइएको छ भने सेवाग्राहीलाई पनि प्रवेशमा रोक लगाइएको छ। 

कुनै संघ संस्थाले जिल्ला प्रहरी कार्यालयमा पत्राचार गर्नुपरे वा सेवा लिनुपरे विद्युतीय माध्यम प्रयोग गर्न आग्रह गरिएको छ।

संक्रमितलाई जिल्लाको हेलु र करेण्डाँडाको आइसोलेसनमा राखिने स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए। हालसम्म स्याङ्जामा २ सय २३ जना संक्रमितमध्ये ३३ जना आइसोलेसनमा छन्। २ जनाको मृत्यु भएको छ भने बाँकी १ सय ८८ जना कोरोनामुक्त भएर घर फर्केका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.