|

काठमाडौं : ‘इनफ इज इनफ’अभियानका अभियन्ताले सुरु गरेको सत्याग्रह ११ औं दिनमा पुगेको अवसरमा फेसन सो गरेका छन्। आज पनि अभियन्ताहरुले आन्दोलनको स्वरुप पनि परिवर्तन गरेका छन्। 'इनफ इज इनफ'लाई समर्थन गर्दै सहरका युवा-युवतीले फेसन सोमामा ऐक्यबद्धता जनाएका छन्। सहभागीहरुले प्ले कार्डमा पिसिआर परीक्षण गर्न, क्वारेन्टाइन व्यवस्थापन गर्न माग गरेका छन्।

सरकारसँग कोरोना परीक्षणको पिसिआर परीक्षणको दायरा शत प्रतिशत बढाउन माग गर्दै युवाहरु वसन्तपुरमा सत्याग्रह बसिरहेका छन् वसन्तपुरमा सोमबार पत्रकार सम्मेलन गरी सरकारले जनताको जीवन रक्षा गर्ने ग्यारेन्टी नगरेसम्म सत्याग्रह नछोड्ने बताएका छन्। 

क्वारेन्टाइन थप व्यवस्थित बनाउन र उपचार राम्रोसँग गर्नलाई आव्हान गरेका छन्। सरकारले कोभिड-१९ को औषधि खरिद प्रकरणमा गरेको अनियमितता छानबिनकाे पनि माग गरेका छन्।

अभियानले कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास प्रभावकारी बनाउनुपर्ने, नागरिकको जीवन रक्षा गर्नुपर्ने, कोरोना भाइरसको परीक्षण शतप्रतिशत पीसीआर विधिबाट हुनु पर्नेसहित का माग राखेर आन्दोलन गरेका छन्।

सरकारले आफूहरुसँग भएको सहमति कार्यान्वयनका लागि कुनै पहल नगरेको भन्दै ‘इनफ इज इनफ’ अभियानले पुनः सत्याग्रह थालेको हो। यसभन्दा अगाडि स्वास्थ्य मन्त्रालय र १२ दिनसम्म सत्याग्रहमा बसेका अभियन्ताबीच ती माग पूरा गर्नेबारे १२ बुँदे सहमति भएको थियो।

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.