|
फाइल फोटो

पाल्पा : अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। तानसेन-बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा मन्दिर नजिकै पहिरो झरेपछि मंगलबार बिहानैदेखि सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीका अनुसार सोमबार रातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध छ। पहिरो झर्ने क्रम नरोकिएकाले सडक सञ्चालन गर्न कठिन भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.